संगालोखबर


विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि पठाएअनुसार ती कम्पनीलाई  कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । कालोसूचीमा राखिएका यी कम्पनीले एकदेखि दुई वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

Advertisement

होमबहादुर बस्नेत मुख्य व्यक्ति रहेको विशाल होम निर्माण सेवा उदयपुर, सुन्दर श्रेष्ठ मुख्य व्यक्ति रहेको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन बूढानीलकण्ठ काठमाडौं र मयंक शाह मुख्य व्यक्ति रहेको सगुन फेब्रिक्स प्राइभेट लिमिटेड मोरङ कालोसूचीमा परेका छन् ।

यस्तै रामबहादुर बूढा मुख्य व्यक्ति रहेको शुभ आरएस बिल्डर्स सप्लायर्स बाँके, छत्रबहादुर बूढा मुख्य व्यक्ति रहेको नवीन निर्माण सेवा अछाम, मिथुन चन्द मुख्य व्यक्ति रहेको जेएमसी कन्स्ट्रक्सन प्रालि सुर्खेत र माधव घिमिरे मुख्य व्यक्ति रहेको काश्यप निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं पनि कालोसूचीमा परेका छन् ।

कृष्णकुमार राई मुख्य व्यक्ति रहेको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि काठमाडौं, सीताराम श्रेष्ठ मुख्य व्यक्ति रहेको जालपा निर्माण सेवा एण्ड सप्लायर्स काठमाडौं, कर्णबहादुर बूढा मुख्य व्यक्ति रहेको मष्टा भवानी निर्माण सेवा डोल्पा र सहिदिन मियाँ मुख्य व्यक्ति रहेको सहिद निर्माण सेवा अर्घाखाँची पनि कालो सूचीमा परेका हुन् ।

यी कम्पनीहरू एक वर्षका लागि कालोसूचीमा परेका हुन् । त्यसैगरी काश्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्ष र मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!