
विराटनगर । आज देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका केही स्थान तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । यस्तै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जनाएको छ ।

संगालोखबर 













