संगालोखबर


धनकुटा । धनकुटामा युवा कवि उत्तम तुम्सा लिम्बूको एकल कविता कन्सर्ट भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धनकुटा क्याम्पससँग समन्वय गरेर अग्रदीप साप्ताहिक धनकुटाले कविता कन्सर्ट आयोजना गरेको हो । 

कवि लिम्बूले ठूलीले जाँड बेच्न छाडिन्, मुलुक कहिले फर्किन्छस् ठुले, हजुरलाई एउटा प्रश्न, तस्बिरमा अल्झिएको सम्झनाको मफलर युगका स्वरहरू र म त्यहीँ हुनेछु लगायतका कविता प्रस्तुत गरेका थिए ।

Advertisement

यस्तै उनले भीर फूल नामक गीतसमेत प्रस्तुत गरेका थिए । साहित्यिक गतिविधि लगायतका कार्यक्रमलाई चलायमान बनाउन कविता कन्सर्ट गरिएको स्ववियु धनकुटा उपाध्यक्ष सुवास खनालले जानकारी दिए ।

धनकुटाको चौबिसे गाउँपालिका-३ का युवा कवि लिम्बू हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छन् । कार्यक्रममा कवि मुकुन्द प्रयास, केजी सुब्बा, संजय सयल, नरेन्द्र कश्चित र हेमु लिम्बूले समेत कविता वाचन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!