
विराटनगर । विराटनगरका मनिष तिम्सिना अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् ।
एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक मनिष विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।
उनले आफू अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकका रूपमा काम शुरू गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
मनिषले यसअघि भारतको गोकुलम केराला र नेपालको राष्ट्रिय फुटबल टोलीमा पनि गोलरक्षक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।

संगालोखबर 













