संगालोखबर


विराटनगर । रोजगारीका लागि दक्षिण कोरिया पुगेका उदयपुरको चौदण्डीगढी-५ बेल्हाका कमल चौधरीको मृत्यु भएको छ । डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा अचेत अवस्थामा रहेको चौधरीको मृत्यु भएको हो ।

एक्कासि ढलेर अचेत बनेका उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनी के कारणले अचेत भए भन्ने खुल्न सकेको छैन । उनले अचेत हुनभन्दा एक महिना अगाडि काम गर्दै आएको कम्पनी छाडेर काम खोजिरहेको बुझिएको छ ।

Advertisement

घटनाको जानकारी पाउनसाथ दक्षिण कोरियास्थित नेपाली राजदूतावासले कमलको परिवारसँग सम्पर्क गरेको थियो । उनको उपचारमा लागेको १६ लाख रुपैयाँभन्दा बढी खर्च तिर्नुपर्ने देखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!