संगालोखबर
फाइल तस्बिर

विराटनगर । आज कोशी प्रदेशका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । कोशीका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा र उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ ।

कोशी प्रदेशका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ ।

Advertisement

बाढी पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडीमा बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालीकोट, डोल्पामा बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा तथा गण्डकी प्रदेशका गोरखा, लमजुङ, पर्वत, कास्की, बाग्लुङमा पनि बाढी आउन सक्ने सम्भावना छ ।

आज बागमती प्रदेशको रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा पनि बाढी आउन सक्ने सम्भावना रहेको छ । बाढीको जोखिम जिल्ला तथा आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!