संगालोखबर


विराटनगर । तीन वर्षअघि रोजगारीको सिलसिलामा युरोपियन मुलुक माल्टा पुगेका म्याग्दीका खिमबहादुर पुनको मृत्यु भएको छ । आइतबार सडक दुर्घटनामा परेर उनको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अनुसार स्थायी ठेगाना रघुगंगा-५ म्याग्दी हो । एनआरएनए एनसीसी माल्टाले शव नेपाल पठाउनका लागि आर्थिक सहयोग जुटाउन सुरु गरेको छ ।

Advertisement

शव नेपाल ल्याउन चार हजार पाँच सयदेखि छ हजार पाँच सय युरोसम्म खर्च लाग्ने बताइएको छ । शव नेपाल पठाउन पनि समय लाग्ने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!