
विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ । विराटनगर-१४ स्थित निवासमा आज बिहान ललितकी आमा ६३ बर्षिया शुभकुमारी राजवंशीको मृत्यु भएको हो ।
आमाको मृत्युको खबरपछि काठमाडौंमा रहेका ललित विराटनगर आइपुगेका छन् । धार्मिक परम्परा अनुसार मृतक शुभकुमारीको अन्तिम संस्कार आजै सिंघीया खोलामा गरिने भएको छ ।
उनका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर, माइला रामकिशोर, कान्छा ललित नारायण र छोरी सुमन राजवंशी छन् । ललित कान्छा छोरा हुन् ।

संगालोखबर 













