संगालोखबर
फाइल तस्बिर

भोजपुर । भोजपुरका कृषक अलैँची खेतीतर्फ आकर्षित भएका छन् । मूल्य बढेसँगै कृषकहरू अलैँचीको नयाँ बगैँचा विस्तारसँगै पुरानो बगैँचाको संरक्षणमा जुटेका हुन् ।

गतवर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको छ । टेम्केमैयुङ-५ का शिवकुमार विष्टका अनुसार मूल्य बढेसँगै परम्परागत बाली हटाएर फेरी अलैँची खेतीमा फर्किने किसानको सङ्ख्या बढेको छ ।

Advertisement

केही वर्षअघि मूल्य घटेपछि विस्तारमा कमी आएको भए पनि अहिले बजारमा राम्रो मूल्य पाउन थालेपछी उत्साह बढेको कृषकहरू बताउँछन् । टेम्केमैयुङ-५ मा झन्डै डेढ सय किसान व्यावसायिक अलैँची खेतीमा लागेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले झन्डै पाँच सय ९७ हेक्टरमा रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची उत्पादन भइरहेको छ । चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङ्थर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वरलगायतमा अलैँची खेती बढी हुने गरेको छ ।

अलैँची व्यवसायी महासङ्घले रोग र कीरा नियन्त्रणका लागि हरेक अलैँची जोनमा एक कृषि प्राविधिकको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ । राज्यले प्राविधिक सहयोग गरे किसानले अझ बढी आम्दानी लिन सक्ने महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!