संगालोखबर


काठमाडौं । नेपाल पुलिस क्लबको हलमा चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी गरिएको छ । शुक्रबार सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उपस्थितिमा चलचित्र प्रदर्शनी गरिएको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’मा राष्ट्र प्रेम पाइने उल्लेख गरे । अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको बताए ।

Advertisement

यो चलचित्र ऐतिहासिक कथावस्तुमा बनेको निर्देशन तथा निर्माता रिमेश अधिकारीले बताए । चलचित्र केवल ऐतिहासिक घटनाको पुनर्निर्माण मात्र नभई राष्ट्र प्रेम, सहादत र एकताको सन्देश बोकेको सशक्त श्रव्य दृश्य अभिव्यक्ति भएको निर्देशक अधिकारीको भनाइ छ ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पुजना प्रधान, सरिता राजोपाध्याय, गीता अधिकारी, महावीर विश्वकर्मा लगायतको अभिनय छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!