संगालोखबर


विराटनगर । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका मोरङको बेलबारी नगरपालिका-४ का बच्चुकुमार राईको शव नेपाल ल्याइएको छ । कामकै सिलसिलामा कतारमा मृत्यु भएपछि ४१ वर्षीय राईको शव नेपाल ल्याइएको हो ।

धन कमाउने र परिवारलाई खुसी पार्ने लक्ष्यसहित लामो समय विदेशमा पसिना बगाएका उनी छुट्टीमा घर आउने-जाने गरिरहेका थिए । छुट्टीमा घर आएका राई पुनः असारमा कतार गएका थिए ।

Advertisement

यो नै उनको संघर्षको अन्तिम घडि बन्यो । अब न उनी घरपरिवारसँग छन् न विदेशमा । उनको सपना मृत्युसँगै अन्त्य भयो ।

उनको शव नेपाल ल्याउन नेकपा एमाले धनकुटा-काठमाडौं सम्पर्क मञ्चले पनि पहल गरेको थियो । मञ्चका अध्यक्ष महेन्द्र गिरीका अनुसार अचानक मृत्यु भएका राईको शव काठमाडौं ल्याइ दिदी भिनाजुको जिम्मा लगाएर बेलबारी पठाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!