
विराटनगर । विराटनगरमा विद्यालय स्तरीय ‘एक्सपर्ट छैठौं बास्केटबल कप’ हुने भएको छ । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
एकेडेमीले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै साउन २३ गतेदेखि भदौ २१ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको छ । प्रतियोगितामा छात्रातर्फ ८ तथा छात्रतर्फ ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
छात्रातर्फ सेन्टमेरिज स्कुल, बालकल्याण विद्यामन्दिर, अरनिको माध्यमिक विद्यालय, अर्पण माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय, एभरेष्ट माध्यमिक विद्यालय र सेन्ट जोसेफ माध्यमिक विद्यालयले सहभागिता जनाउने छन् ।
यस्तै छात्रतर्फ बालकल्याण विद्या मन्दिर, ब्राइट फ्युचर माध्यमिक विद्यालय सुन्दरहरैँचा, अरनिको माध्यमिक विद्यालय, सेन्ट जोसेफ माध्यमिक विद्यालय, शिक्षादीप माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय, अर्पण माध्यमिक विद्यालय, एभरेष्ट माध्यमिक विद्यालय र डीपीएस माध्यमिक विद्यालयले सहभागिता जनाउने छन् ।
प्रतियोगिताको उद्घाटन खेल बालकल्याण विद्या मन्दिर स्कुलको कोर्टमा हुने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए ।

संगालोखबर 













