
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













