
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३४०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा २ हजार २५० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

संगालोखबर 













