
विराटनगर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले जिल्ला इन्चार्ज तोकेको छ । केन्द्रिय समितिले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको हो ।
कोशी प्रदेश इन्चार्जको जिम्मेवारी प्रवीन कार्कीले पाएका छन् भने संयोजकमा नारायण पोखरेल, सह-संयोजकमा नवराज घिमिरे र पारश राईलाई जिम्मेवारी तोकिएको छ ।
जिल्ला इन्चार्जमा निशान राई (भोजपुर), मुना चापागाईँ (धनकुटा), रञ्जना घतानी (इलाम), सन्तोष धमला (झापा) र विष्णु उपरकोटी (खोटाङ) लाई जिम्मेवारी तोकिएको छ ,
यसैगरी प्रीति दाहाल (मोरङ), इन्दिरा खतिवडा (ओखलढुङ्गा), अर्जुन नेम्वाङ (पाँचथर), लक्ष्मी सुवेदी (संखुवासभा), विष्णु उपरकोटी (सोलुखुम्बु), रिजेन भट्टराई (सुनसरी, अजुन नेम्वाङ (ताप्लेजुङ), विनोद दुलाल (तेह्रथुम) र सिंह बहादुर राई (उदयपुर) लाई जिम्मेवारी तोकिएको छ ।
विराटनगर महानगर इन्चार्जमा चित्रमान राईलाई जिम्मेवारी तोकिएको छ ।

संगालोखबर 













