संगालोखबर


काठमाडौं । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घले केपी शर्मा ओली बिनाको एमाले कल्पना गर्न नसकिने निष्कर्ष निकालेको छ ।

महासङ्घको नवौँ केन्द्रिय पदाधिकारी बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा पार्टी अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको हो ।

Advertisement

महासङ्घको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले समकालीन नेपाली राजनीति एमाले बिना र एमाले नेतृत्व ओली बिना पूरा नहुने भन्दै बैठकले जारी गरेको अन्तरपार्टी निर्देशनलाई अनिवार्य कार्यान्वयन गर्न तल्लो तहसम्म सर्कुलर गर्ने निर्णय गरेको छ ।

पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय खेलकुद ऐन सम्बन्धमा महासङ्घको धारणा निर्माण गर्न उपाध्यक्ष धर्म कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय अध्ययन उप-समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै, बैठकले महासङ्घको दोस्रो केन्द्रीय सचिवालय बैठक भदौ २२ गते काठमाडौंमा र पाँचौ केन्द्रीय कमिटी बैठक भदौ १३ गते काठमाडौंमा बस्ने निर्णय गरेको महासङ्घका कोषाध्यक्ष तथा प्रवक्ता उज्ज्वल सुवेदीले जानकारी दिए ।

अध्यक्ष बस्नेतले बैठक पश्चात महासङ्घ पदाधिकारी, एमाले केन्द्रीय कमिटी सदस्य तथा महासङ्घ इन्चार्ज जगन्नाथ  थपलिया र बागमती अध्यक्ष कैलाश ढुङ्गेल सम्मीलित टोलीले बैठकका निर्णयहरू र महासङ्घका गतिविधिका विषयहरू बारे एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!