
काठमाडौं । बालुवाटारमा दुई दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । मन्त्री हेरफेर लगायत सरकारका कामकारबाहीबारे प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसका शीर्ष नेताबीच छलफल सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
आजको छलफलमा मन्त्री हेरफेरबारे प्रधानमन्त्रीले काँग्रेस सभापति देउवाको स्पष्ट धारणा माग्नेछन् । नेपाली काँग्रेसले भने मन्त्रीहरू फेर्दा पार्टीमा किचलो बढ्न सक्ने भन्दै आफ्नो पार्टीका अहिले भएकै मन्त्रीहरूलाई निरन्तरता दिने सङ्केत गरेको छ ।

संगालोखबर 













