
विराटनगर । आज कोशीका पाँचसहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर र ओखलढुङ्गासहित ३३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको हो ।
रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज रसुवा, नुवाकोट र धादिङसहित रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, रुकुम पश्चिम, बझाङ, अछाम, डोटी, डोल्पा, मुगु, हुम्लामा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेतमा बाढीको मध्यम जोखिम छ । बाढीको जोखिम भएका जिल्ला र आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संगालोखबर 













