संगालोखबर
फाइल तस्बिर

विराटनगर । विपद्का घटनामा परेर चार महिनाको अवधिमा एक सय १२ जनाले ज्यान गुमाएका छन् । गत वैशाखदेखि हालसम्म विभिन्न विपद्का घटनामा परेर पाँच सय ३४ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा बढी चट्याङबाट २८ जनाले ज्यान गुमाएका छन् । चट्याङका दुई सय ४३ घटना हुँदा एक सय ६९ जना घाइते भएका छन् भने दुई सय ८३ परिवार प्रभावित भएका छन् ।

Advertisement

यसैगरी बाढीबाट १५ जनाको मृत्यु हुँदा २० जना बेपत्ता र सात जना घाइते छन् । पहिरोका कारण १२ जनाले ज्यान गुमाउँदा १४ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

यस्तै भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।  सर्पदंशबाट आठ जनाको मृत्यु हुँदा ६४ जना घाइते भएका छन् । आगलागीका एक हजार ११ घटना हुँदा १५ जनाको ज्यान गएको छ । आगलागीबाट एक सय ४४ जना घाइते हुँदा एक हजार एक सय २४ परिवार प्रभावित भएका छन ।

यसैगरी हावाहुरीबाट आठ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । प्राधिकरणका अनुसार सोही अवधिमा जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन् ।

त्यसैगरी लेक लागेर १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सबै घटनाबाट चार हजार पाँच सय चार घरपरिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!