काठमाडौं,२३ असोज । प्रतिनिधिसभा र प्रदेशसभाका लागि मंसिर १० र २१ गते दुई चरणमा चुनाव हुँदैछ । निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

Advertisement

नयाँ क्षेत्र निर्धारणपछि हुन लागेको चुनाव भएकाले मतदाताहरुको निर्वाचन क्षेत्र हेरफेर पनि भएको छ ।

मतदाताका हिसावले सवैभन्दा बढी मतदाता रहेका १० जिल्लामा झापा, मोरङ, सुनसरी, धनुषा, सर्लाही, बारा, काठमाडौं, चितवन, रुपन्देही र कैलाली हुन् ।

१ सय ६५ प्रतिनिधिसभाका सदस्यका लागि यी १० जिल्लाबाट ५० जना निर्वाचित हुनेछन् । र, यी जिल्लाबाट प्रदेशसभाका १ सय सांसद निर्वाचित हुनेछन् ।

मोरङमा मतदाता ६ लाख ४४ हजार ७८५ छन्, जहाँ प्रतिनिधिसभाका ६ सिट र प्रदेशका १२ सिट छन् ।

काठमाडौंमा मतदाता ६ लाख ३ हजार ६२० छन्, जहाँ प्रतिनिधिसभाका १० सिट र प्रदेशका २० सिट छन् ।

झापामा मतदाता ५ लाख ८५ हजार २२८ छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।

रुपन्देहीमा मतदाता ५ लाख २२ हजार ५९६ छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।

सुनसरीमा मतदाता ४ लाख ७४ हजार ३०० छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।

कैलालीमा मतदाता ४ लाख ६० हजार ५८० छन्, जहाँ प्रतिनिधिसभाका ५ सिट र प्रदेशका १० सिट छन् ।

धनुषामा मतदाता ४ लाख ४ हजार हजार ६६९ छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।

सर्लाहीमा मतदाता ३ लाख ८५ हजार ५७० छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।

चितवनमा ३ लाख ५४ हजार ३५ छन्, जहाँ प्रतिनिधिसभाका ३ सिट र प्रदेशका ६ सिट छन् ।

बारामा मतदाता ३ लाख ४९ हजार ९४७ छन्, जहाँ प्रतिनिधिसभाका ४ सिट र प्रदेशका ८ सिट छन् ।

पहिलो चरणमा मंसिर १० गते ७ वटा प्रदेशका ३२ जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा मंसिर २१ गते सात वटै प्रदेशका ४५ जिल्लामा निर्वाचन हुनेछ । –रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!