संगालोखबर


विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् । विराटनगरमा आज भएको साधारणसभाबाट थापाको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन भएको हो ।

समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिवमा ध्रुवकुमार प्रधान र कोषाध्यक्षमा प्रमोदकुमार श्रेष्ठ चयन भएका छन् । सदस्यमा दीपेन्द्र थापा, शुभाशिष कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन भए ।

Advertisement

नेपाल भारोत्तोलन संघका केन्द्रीय प्रतिनिधि अशोक शाहीको अध्यक्षता तथा मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य डिल्लीराम डाँगीको उपस्थितिमा तदर्थ समिति गठन गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!