संगालोखबर


विराटनगर । फेक अडियो प्रकरणमा सर्वोच्च अदालतबाट ६ महिना कैदको फैसला सुनाइएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् । सर्वोच्चको फैसलापछि फरार रहेका तिम्सिनालाई प्रहरीले आइतबार इटहरी-५ पचरुकीबाट नियन्त्रणमा लिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा सर्वोच्च अदालतले कैदको फैसला सुनाएको थियो ।

Advertisement

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ गरेका हुन् । उनी पक्राउ परिसकेपछि मात्रै वास्तविक परिचय खुलेको हो । सुरुमा उनले आफ्नो परिचय लुकाएका थिए ।

डीएसपी भण्डारीका अनुसार तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको छ । सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले गत असोज १४ गते तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

ललितपुर-१० गोदावरी ठेगाना भएका उनले प्रहरीसँगको बयानमा धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!