संगालोखबर
फाइल तस्बिर

विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी, मेची र तमोर करिडोरसहित देशभरका ६ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले आज बिहान ९ बजे जारी गरेको सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् ।

Advertisement

यसैगरी गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी करिडोरमा अवरोध छ । लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन् ।

प्रहरीले जारी गरेको सूचना अनुसार अन्य पाँचवटा सडक खण्ड एकतर्फी सञ्चालन भइरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!