
धनकुटा । धनकुटाको देउराली युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग २०२५ मा सहभागिता जनाउने भएको छ । आज पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।
देउराली युवा क्लब कोशी प्रिमियर लिग २०८१ को उपविजेता पनि हो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधि टिम सहभागी हुनेछन् ।
क्लबका अध्यक्ष उदिप राईका अनुसार प्रतियोगितामा विजेता हुने टोलीले दश लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।
आगामी भदौमा हुने प्रतियोगितामा धनकुटासहित गाईघाट फुटबल क्लब (उदयपुर), नव जागृति क्लब (बारा), चित्लाङ्ग फुटबल क्लब (काठमाडौं), टाइगर्स टिम टिकाथातल (दोलखा), जन जागृति युवा क्लब (बर्दिया), काँक्रेबिहार युथ क्लब (सुर्खेत), विजय स्पोर्टस् क्लब (कैलाली), गण्डकी प्रदेश लिग च्याम्पियन क्लब (१), प्रोग्रेसिब युथ क्लब (उप-विजेता, मधेश प्रदेश) र उप-विजेता गण्डकी प्रदेशबाट (१) गरी जम्मा १० टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा धनकुटाबाट खेलाडी सहित जम्मा २३ जना सहभागि हुनेछन् । आवश्यक तयारी, खेलाडी व्यवस्थापन, यातायात, आवासका लागि खर्चको अभाव हुने भएकाले आर्थिक सहयोग गरिदिन क्लबले अनुरोध गरेको छ । क्लबले करिब २० लाख खर्च लाग्ने अनुमान गरेको छ ।

संगालोखबर 













