संगालोखबर


विराटनगर । कृष्णप्रसाद भण्डारीद्वारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औं  स्थापना दिवसको अवसरमा शनिवार मार्सेली उपभोक्ता सचेतना पुरस्कार न्यौपानेलाई प्रदान गरिएको हो ।
संस्थामा २ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेर उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।

Advertisement

पुरस्कारको राशी १५ हजार १ रुपैयाँ रहेको छ । हरेक वर्ष राष्ट्रसेवक साकोसको स्थापना दिवसको अवसरमा पुरस्कार वितरण गर्ने गरिएको सहकारीका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए ।

लामो समय सरकारी सेवामा रहेर काम गरेका भण्डारी जागिरबाट अवकाश पाएपछि पनि उपभोक्ताको क्षेत्रमा काम गर्दै आएका छन् । उनी अहिले उपभोक्ता जागरण अभियानका केन्द्रिय अध्यक्ष समेत हुन् ।

उपभोक्ता अधिकार पनि मानव अधिकारको एउटा पाटो भएका कारणले उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको अक्षयकोष स्थापना गरिएको उनले बताए ।

सोही अवसरमा सहकारी राष्ट्रसेवक कर्मचारीबाट अवकाश पाएका पूर्व सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीलाई पनि सम्मान गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!