संगालोखबर

विराटनगर । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले अहिलेको गठबन्धनलाई २०८४ सालको चुनावसम्म लिएर जाने बताएका छन् । आज बिहान कोइराला निवासमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता खाँणले गठबन्धनभित्र भएका कमिकमजोरीलाई सुधार गर्दै आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Advertisement

वर्तमान चुनावी जनादेशअनुसार कुनै पनि दलको एकल सरकार बन्न नसक्ने भएकाले गठबन्धन आवश्यक भएको उनको भनाइ थियो । काँग्रेस र एमालेबीचमा यो गठबन्धन पहिलो पटक नभएको उल्लेख गर्दै उनले विगतमा पनि पटक-पटक सहकार्य भएको स्मरण गरे ।

उनले गठबन्धनभित्रैबाट सरकारका कमीकमजोरी सुधार गर्ने प्रयास भइरहेको उल्लेख गरे । यस्तै उनले नेपालको राजनीतिमा कोइराला परिवारले पुर्‍याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।

उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको उल्लेख गरे । पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उनले सभापति सफल भए मात्र पार्टी सफल हुने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!