संगालोखबर


विराटनगर । घुस डिल अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ताले आफू प्रविधिको शिकारमा परेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुप्ताले विगत केही दिन अघिदेखि निरन्तर आफ्नो नाम घुस डिलसँग जोडेर प्रचार भएको उल्लेख गरेका छन् ।

‘कहिलेकाँही नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भएँ’, उनले लेखेका छन्, ‘अब लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’

उनले प्रविधिको उच्चतम् प्रयोगको शिकार अब अरु कोही पनि नबनून् भन्ने अपेक्षा गरेका छन् । ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पाटीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिवद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु’, उनले लेखेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!