
विराटनगर । अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो ।
उनीहरूको नेपाली ठेगाना भने खुलाइएको छैन । अमेरिकी सञ्चार माध्यमका अनुसार असार २९ गते राति करिब ९ बजे कार दुर्घटना भएको थियो । दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको उल्लेख गरिएको छ ।
यादवले चलाइरहेको कारमा ओलीसहित अन्य दुई जना सवार रहेको जनाइएको छ । भारी वर्षा भइरहेका बेला कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको थियो । त्यसपछि कारमा आगो लागेको थियो ।
घाइते दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

संगालोखबर 













