संगालोखबर


विराटनगर । मौद्रिक नीतिपछिको पहिलो कारोबारका दिन सेयर बजार परिसूचक नेप्से बढेको छ ।  आज नेप्से २९ अङ्कले बढेर २ हजार ७ सय ६० दशमलव ८० विन्दुमा पुगेको छ । आज बजार खुल्नेबित्तिकै नेप्से २ हजार ८ सय विन्दु नजिकै पुगेको थियो ।

आज जलविद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा माइक्रोफाइनान्सको सेयर ३ दशमलव ५० प्रतिशत र बैंकिङ समूहको सेयर ३ दशमलव ३७ प्रतिशतले उकालो लागेको छ ।

Advertisement

आज एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन हिमालयन हाइड्रोपावर कम्पनीको सेयर झन्डै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहीवार ९ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ३ सय ११ वटा कम्पनीका ३ करोड २५ लाख कित्ता सेयर ११ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!