संगालोखबर


विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री ओली झापा आइपुगेका हुन् ।

चन्द्रगढी विमानस्थलमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले उनलाई स्वागत गरेका थिए ।

Advertisement

प्रधानमन्त्री ओली आज र भोलि झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका-३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै इलामको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्‌घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भोलि दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी-ताराबारी-डिपो सडकखण्डको उद्‌घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौँ फर्किने कार्यक्रम छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!