संगालोखबर


विराटनगर । सेयर बजार परिसूचक नेप्से आज चार महिना यताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ ।

आज जलविद्युत, व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा बैंकिङ समूहको सेयर ३ प्रतिशतले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स समूहको सेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको सेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।

Advertisement

आज माईखोला हाइड्रोपावर कम्पनीको सेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पोरेट विकास बैंकको सेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता सेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!