संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७.२६ प्रतिशत बजेट मात्रै खर्च गर्न सफल भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो ।

Advertisement

पूँजीगततर्फ विनियोजित बजेटको ७९.२६ प्रतिशत अर्थात १३ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्दा चालुतर्फ ७५.२९ प्रतिशत १२ अर्ब ४२ करोड रुपैयाँ मात्र खर्च गरेको छ ।

मन्त्रालयगत खर्चको अवस्था हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रकम खर्च गरेको छ । मन्त्रालयले आफ्नो कुल ११ अर्ब १८ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपैयाँ अर्थात ७६.०३ प्रतिशत खर्च गरेको छ ।

खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयले आफ्नो कुल बजेटको ९१.५१ प्रतिशत अर्थात ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । सो मन्त्रालयका लागि ४ अर्ब ४२ करोड ५३ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो बजेटको जम्मा ६०.०९ प्रतिशत मात्र खर्च गरेको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयले ५३.१३ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!