संगालोखबर


विराटनगर । बाढीपहिरोका कारण देशभर केही मुख्य राजमार्ग पूर्णरूपमा अवरूद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार कोशीका संखुवासभा र पाँचथरसहित देशका विभिन्न स्थानका मूख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तीलोक पथ, म्याग्दीस्थित दरबाङ सडक र नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध छन् ।

Advertisement

यस्तै डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

यसैबीच बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा-नाला-भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!