
विराटनगर । नेपाल टेलिकमले उपलब्ध गराउने इन्टरनेटमा समस्या आएको छ । गएराति १ः३० बजेदेखि इन्टरनेटमा समस्या आएको टेलिकमले जनाएको छ ।
केहीबेर अघि टेलिकमले एक सूचना जारी गर्दै सेवा पुनर्स्थापित गर्ने काम भइरहेको जनाएको छ । टेलिकमका अनुसार इन्टरनेट सेवाको स्पीडमा समस्या भएको हो ।
‘एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण ट्राफिकहरू वैकल्पिक सेवाप्रदायकबाट संचालनमा रहेका छन्’, सूचनामा भनिएको छ, ‘उक्त लिङ्कमा चाप पर्न गएकाले नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पीडमा केही समस्या उत्पन्न भएको छ ।’
टेलिकमले तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको जनाएको छ । अप्रत्याशित रूपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भइ ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ ।

संगालोखबर 













