
विराटनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगरेको भन्दै एक वर्षको लागि कालोसूचीमा राखेको हो ।
लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झाको धनुषाको शिवम् कन्स्ट्रक्सन र रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति रहेको टोखाको डीजी इगल कन्स्ट्रक्सन एण्ड विर्ल्डस प्रालिलाई कालोसूचीमा राखिएको छ ।
यस्तै मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गौशाला नगरपालिका महोत्तरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहट र भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय विराटनगरले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

संगालोखबर 













