संगालोखबर


विराटनगर । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । शिक्षक महासंघका प्रतिनिधिले शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा असहमति जनाएपछि बिनानिष्कर्ष वार्ता टुङ्गिएको हो ।

मन्त्रालयले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको पदपूर्ति गर्ने प्रस्ताव गरेपछि महासंघका प्रतिनिधिले वार्ता छाडेका छन् ।

Advertisement

तर महासंघले भने ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने माग मन्त्रालय समक्ष राखेको छ । मन्त्रालयमा भएको छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी लगायत सहभागि थिए ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक रोकेर मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेकोमा निष्कर्ष निस्कन नसकेको हो ।

समितिको बैठक सोमबार बिहान ८ बजे तय भएकोमा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गर्ने भन्दै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, महासंघका प्रतिनिधिसँग सहमति नजुटेपछि अझै बैठक सुरु हुन सकेको छैन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!