सांकेतिक तस्वीर

विराटनगर । झापाको एक फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा नगरपालिका-११ मा मोती बहादुर खड्काले सञ्चालन गरेको फर्निचर उद्योगमा आइतबार राति आगलागी भएको हो ।

आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरू पूर्णरुपमा जलेको नष्ट भएको छ ।

Advertisement

प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुल्न बाँकी छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!