संगालोखबर


जताततै धेरैले खेल्ने खेल बन्यो तास
खेल्न थाले पछि घरमा हुन्न बास
यस्तै खेलमा राख्ने रैछन् धन कमाउने आस
थाले पछि किन छाड्ने बरु छोड्छन् गाँस

अल्छीलाई हुँदोरहेछ यो खेल नै घिउ
खेल्दा खेल्दै बनिरहेको छ झगडाको बिउ

खेल जुनसुकै खेले पनि कुलतमा नजाऊ
सित्तैमा जाने पैसा, इज्जत समेत बचाउ
दम्पतीबीच यसै कारण  झगडा हुने
बालबच्चा अत्तालिने, चिच्याउने, रुने

यति साह्रै पर्ने गरि तास किन खेल्नु
सित्तैको सुख हटाएर किन दुःख पीडा झेल्नु
सधैँका लागि छाडिदिनु तास खेल्न जान
बचत गरे पुग्छ भविष्यमा लगाउन खान

तिलक थापा
अरुण गाउँपालिका-७ मैदाने, भोजपुर 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!