संगालोखबर


विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनीमाथि पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

काभ्रेमा रहेको पतन्जली योग पीठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेचका विषयमा अख्तियारले नेपालसहितको बयान लिएको थियो । सोही आधारमा उनीसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो।

भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ । नेपालकै इतिहासमा पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको यो नै पहिलो पटक हो । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!