फाइल तस्बिर

विराटनगर । संखुवासभाको उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकाको विभिन्न स्थानका पाँच वटा काठेपुल बाढीले बगाएको छ । बुधबारको बाढीले भोटखोला वडा नम्बर १ र २ तथा १ र ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको हो ।

यस्तै भोटखोला १ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल तथा भोटखोला १ र ३ जोड्ने छोकाङ खोला र भोटखोला १ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बाढीले बगाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बगाएको स्थानमा पुनः काठेपुल निर्माण भइसकेको जानकारी दिए ।

‘पानी पर्न रोकिएको छ । पुल बगाए पनि वैकल्पिक मार्गबाट आवत-जावत भइरहेको थियो’, उनले संगालोखबरसँग भने, ‘अहिले बगाएको स्थानमा पनि काठेपुल निर्माण भइसकेको अवस्था छ ।’

केही दिन अघिको बाढीले भोटखोला गाउँपालिका-३ मा निर्माण भएका दुई वटा साना जलविद्युत् आयोजना पनि बगाएको थियो । जसबाट दुई सय ५० घरपरिवार विद्युतविहीन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!