संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका धेरै स्थानमा मनसुनी वायुको प्रभाव रहेकोले विराटनगरसहित अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका अनुसार अहिले जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा ,सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बु, धनकुटा, भोजपुर लगायतका ठाउँहरूमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटपुट वर्षा भएको छ । आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!