
विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यका अनुसार प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्ने कार्यसूची छ ।
कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको थियो ।

संगालोखबर 













