
विराटनगर । मोरङको धनपालथाल गाउँपालिका–६ स्थित कदमाहाको बस्तीमा आगलागी हुँदा जलेर एक जना बालिकाको मृत्यु भएको छ । आगोले १३ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परी स्थानीय अनित मियाँकी ४ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
पाँच वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । विधुत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।