
विराटनगर । रात्रिकालीन विराट गाेल्डकपकाे अन्तिम सेमिफाइनल खेलकाे पहिलाे हाफ गाेलरहित बराबरी भएकाे छ । सहिद रंगशालामा जारी नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीचकाे खेल गाेलरहित बराबरी भएकाे हाे ।
एनआरटी फुटबल क्लबलाई २-० गाेल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेकाे थियाे भने सशस्त्र प्रहरी बल एपीएफलाई १-० गाेल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकप फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

संगालोखबर 













