संगालोखबर


विराटनगर । विराटनगरमा जारी नवाैं संस्करणको विराट गाेल्डकपमा थ्री स्टारले फाइनलमा स्थान बनाएकाे छ । आज राति विराटनगरकाे सहिद रंगशालामा भएकाे पहिलाे सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ गाेल अन्तरले पराजित गर्दै थ्री स्टार फाइनलमा प्रवेश गरेकाे हाे ।

थ्री स्टारका लागि खेल सुरू भएकाे एक मिनेटमा प्रशान्त लिम्बु  र २८ औं मिनेटमा दिपेश घलेले समान एक–एक गोल गरे । यस्तै दाेस्राे हाफकाे अन्तिम समयमा थ्री स्टारका लागि नवीन लामाले एक गाेल गरे ।

Advertisement

प्रतिस्पर्धात्मक खेलमा आर्मीले थुप्रै अवसर पाएपनि खेलकाे अन्तिम समयमा नवयुग श्रेष्ठले एक गाेल फर्काए । यस्तै थप समयमा पेनाल्टी सुटआउटमा आर्मीका निरज चाैधरीले एक गाेल गर्न सफल भए । खेलकाे म्यान अफ द म्याच थ्री स्टारका लिम्बु घाेषित भए।

सोमबार अन्तिम सेमिफाइलन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!