विराटनगर । विराट गाेल्डकपकाे अन्तिम क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा चर्च ब्वाइजले अग्रता बनाएकाे छ ।
विराटनगरकाे सहिद रंगशालामा जारी खेलमा एनआरटी क्लबविरुद्ध चर्च व्वाइज युनाइटेडले एक गाेल गरेकाे हाे । चर्च ब्वाइजका लागि रिचार्ड विल्सनले एक गाेल गरे ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।