विराटनगर । विराटनगरमा जारी नवौँ संस्करणको विराट गोल्डकपमा आज दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो क्वाटरफाइनलमा पूर्वविजेता दुई टोलीबीच प्रतिस्पर्धा हुने भएको हो ।
एपीएफ पाहुना टोली भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई ५-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने पुलिसले आज पहिलो खेल खेल्दैछ । बुधबार भएको खेलमा घरेलु टोली मोरङलाई १-० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।