संगालोखबर


विराटनगर । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार नौ सय रुपैयाँले बढेको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ३५ रुपैयाँ महङ्गो हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!