संगालोखबर


विराटनगर । त्रिभुवन आर्मी क्लब विराट गाेल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । आज राति विराटनगरकाे सहिद रंगलाशामा भएकाे पहिलाे क्वाटरफाइनल खेलमा घरेलु टाेली माेरङलाई १-० गाेल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

पहिलाे हाफकाे ३७ औं मिनेटमा निरज चाैधरीले गरेकाे गाेल नै आर्मीका लागि निर्णायक बन्याे । खेलकाे म्यान अफ द म्याच आर्मीका गाेल किपर विकेश कुथु घाेषित भए । माेरङ उद्घाटन खेलमा भारतकाे साउर्थन समिति फुटबल क्लब काेलकातालाई ३-२ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे थियाे ।

Advertisement

भाेलिकाे दाेस्राे क्वाटरफाइनल खेल विराट गाेल्डकपका पूर्व विजेता टाेली एपीएफ र नेपाल पुलिस क्लबबीच हुने आयाेजकले जनाएकाे छ । फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!