संगालोखबर

विराटनगर ।  विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा मङ्गलबार राती भएको खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५-३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनल पुगेको हो ।

Advertisement

निर्धारित समयमा गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइबेकरबाट गरिएको हो । टाइब्रेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणि कुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे ।

दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हापदेखि आक्रामक खेल पस्कियो । तर, पनि जितको लागि ट्राइबेकर कुर्नुपर्‍यो ।

प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफका गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाएका छन् । बुधबार पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!